ताजा अपडेटः

देवकोटा माविले  ६४ औं वार्षिकोत्सब मनाउदै

देवकोटा माविले  ६४ औं वार्षिकोत्सब मनाउदै प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार २१:४२

सुनवल । जिल्लामै नमुना विद्यालयकाे रूपमा परिचित  महाकवी देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल -४ न.प.ले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ ।
आज  मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि विद्यालयले अन्तर विद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सब मनाउने तयारी गरेकाे बताएकाे हाे ।
बार्षिकत्वसको पहिलो दिन आज माघ २३ विद्यालयदेखि सुनवल चोकसम्म करिब ५ सय मिटरकाे वरिपरिको बस्ती सरसफाई सगैँ अन्तर विद्यालय भलिबल प्रतियोगिता आरम्भ गरेकाे छ । त्यसैगरी भाेलि २४ गते सुनवल चोकदेखि विद्यालय परिसरसम्म प्रभातफेरी साथै सांस्कृतिक कार्यक्रम र खेलकुद ,२५ गते पुरस्कार वितरण कार्यक्रम र विभिन्न प्रतियोगीता  र अन्तिम  माघ २६ गते शुक्रवार वार्षिकउत्वस एवं अभिभावक भेला समारोह ,सम्मान, पुरस्कार वितरण विविध सांस्कृतिक कार्यक्रम एवं समापन समारोह हुने विद्यालय व्यवस्थापन समिति सदस्य रामजी पराजुलीले जानकारी दिनुभएकाे छ ।
साेहि क्रममा बाेल्दै  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले विद्यालयले कक्षा ९ र १० लाई सेमि स्मार्ट कक्षा, कोरिवाटी कार्यक्रम,संस्कार सिकाउनको लागी नैतिक शिक्षा कार्यक्रम,समय समयमा विज्ञद्धारा अनुगमन, विद्यालयमा स्टाफ नर्सको रेखदेखमा दैनिक उपचार, खेलकुद र संगित शिक्षा सगैँ पढ्दै कमाउदै गर्नेको ब्यवस्था रहेकाे बताउनुभयाे ।
विद्यालयमा विज्ञान संकाय,व्यवस्थापन, मानविकिय, होटल म्यानेजमेन्ट,कानुन संकाय र प्राविधिकधार तर्फ अटोमोबाइल अध्यायपन हुँदै आएको छ। विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म ,प्राविधिकधारमा संचालित कक्षा गरि २२ सय विद्यार्थी अध्ययनरत छन् भने १ सय ७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयका प्रध्यानाध्यापक खेमलाल शर्माले बताउनुभयाे ।
बिक्रम संवत २०१६ सालमा साबिक सुनवल गाविस १ मा सरस्वती प्राथमिक विद्यालयको नाममा स्थापित भएको विद्यालय स्तर उन्नति हुदै हाल महाकवि नमुना मावीको  सुनवल वडा नम्बर  ४, १० र ३ बाट संचालित छ ।



Ads