ताजा अपडेटः

सिद्वार्थकाे खेलकुद सप्ताह सम्पन्न

सिद्वार्थकाे खेलकुद सप्ताह सम्पन्न प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार १५:४१

सुनवल ।  सिद्धार्थ शिशु सदन स्कूल सुनवल-४.लक्ष्मीपथ पश्चिम नवलपरासीकाे वार्षिक खेलकुद सप्ताह विभिन्न कार्यक्रमका साथ सम्पन्न भएकाे छ ।
“बालबालिकालाई हुर्काउने उत्तम उपाय भनेको बालबालिकालाई खुसी बनाउनु हो” भन्ने नारा सहित यहीँ माघ १७ गतेदेखि शुरू भएकाे खेल सप्ताह माघ २२ गते साेमवार सम्पन्न भएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर पुनकाे अध्यक्षता तथा जिल्ला प्याब्सनका प्रमुख सल्लाहकार इन्द्र गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे अन्तिम दिन अभिभावकहरूलाई समेत म्यूजिकल चेयर,घैटाे फाेड्ने कार्यक्रममा सहभागी गराइयाे ।
खेल सप्ताहमा विद्यार्थीहरूलाई एथलेटिक्स, फुटसल, क्रिकेट, कबड्डि, सुइट रेस, बेलुन डान्स लगाएतका खेलहरू खेलाइएकाे थियाे ।
संसार राना मगरको संचालन रहेकाे कार्यक्रममा नगर प्याब्सन  अध्यक्ष कृष्णप्रसाद शर्मा, सदस्य दिपक ढकाल,विद्यालयको प्रिन्सिपल पदम चन्द ठकुरी लगायतले मन्तब्य राख्नुभएको थियो ।
भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई सिल्ड तथा प्रमाणपत्रले  समेत सम्मान गरिएकाे थियाे ।