ताजा अपडेटः

इन्द्रेणी सामाजिक बिकास मञ्चमा कुवरको नेतृत्वमा नया नेतृत्व

इन्द्रेणी सामाजिक बिकास मञ्चमा कुवरको नेतृत्वमा नया नेतृत्व प्रकाशित मिति: २० माघ २०८०, शनिबार १५:३६

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ०९ मा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चमा होमराज कुवरको नेतृत्वमा ११ सदस्यीय नया नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा बिमल चन्द्र घिमिरे, सचिबमा योगेन्द्र भट्टराई, सहसचिव नारायण गिरि, कोषाध्यक्ष धनमती सपकोटा , सदस्य शुक्रराज भट्टराई, सन्तोष श्रेष्ठ, पबित्रा किसान, रीता फौजदार, अग्रीरा गुप्ता र पदेन सदस्य कर्दम कुमार क्षेत्री रहनु भएको छ ।
लेखा समिती संयोजकमा हेम बहादुर क्षेत्री र लेखा समिति सदस्यमा शंकार पाण्डे, संगीता ज्ञवाली सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समिति सदस्य बालिन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले समाजिक क्षेत्रमा कार्य गरि सस्थाले थप उचाइ हासिल गर्ने सक्नु पर्ने बताउनु भयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख एब सस्थाका सस्थापक सदस्य शम्भुलाल श्रेष्ठले स्थानीय सरकारसङ्ग मिलेर समाजिक क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पुर्व अध्यक्ष आत्मराम खनाल, बालिन्द्र बिक्रम शाही, बद्री प्रसाद सुवेदी, सस्थाका आजिवन सदस्यलगायतको उपस्तिथि रहेको थियो ।



Ads