कल्पना खरेल,नवलपरासी । “बालबालिकालाई हुर्काउने उत्तम उपाय भनेको बालबालिकालाई खुसी बनाउनु हो” भन्ने नारा सहित सिद्वार्थ शिशु सदन सकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलकाे वार्षिक खेलकुद सम्मेलन बुधबार देखि शुरू भएकाे छ ।
विद्याय व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर पुनकाे अध्यक्षता तथा वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीकाे प्रमुख आतिथ्यतामा सुरू भएकाे खेल सम्मेलन ३ दिन सम्म संचालन हुनेछ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुुख अतिथि बादकृष्ण पंगेनीले “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” भन्ने नारा नारामै मात्र सिमित रहेकाे धारणा राख्नुभयाे ।
खेलकाे बेसिक ज्ञाननै नभई विद्यार्थीलाई खेलमा सहभागी बनाउदा परिणाम साेचेअनुरूप आउन नसकेकाे भन्दै प्रभावकारीताकाे लागि खेलमा लगानी , मेहनत,उत्प्रेरणा उतिकै आवश्यक रहेकाे सुझाब दिनुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै जिल्ला खेलकुद संघका उपाध्यक्ष रमेश कर्माचार्यले प्रत्येक सामुदायिक र संस्थागत विद्यालयले शारीरिक शिक्षक राख्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।
प्रशिक्षक दिन आफुहरू तयार रहेकाे भन्दै परिणामकाे लागि लगानी आवश्यक रहेकाे विचार व्यक्त गर्नुभयाे ।
मार्चपास र ओलम्पिक ल्याम्पबाट उद्घाटन भएकाे खेलमा एथलेटिक्स , फुटसल,क्रिकेट, कबड्डि , सुइट रेस,बेलुन डान्स लगाएतका खेलहरू हुने विद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले बताउनुभएकाे छ ।
संसार राना मगरकाे संचालन र जमुना ढकालकाे स्वागत रहेकाे खेल सप्ताहमा वडा सदस्य तेज बहादुर गुरूङ,नगर व्याब्सन सदस्य दिपक ढकाल ,साेमनाथ बाबा क्याम्पस का प्रिन्सिपल रश्मिराज बस्याल, विद्यालयकाे प्रिन्सिपल पदम चन्द ठकुरी लगायतले मन्तब्य राख्नुभएकाे थियाे ।