ताजा अपडेटः

बिना प्रतिस्पर्धा रामग्राम स्तुपलाई लिजमा दिने समझदारी प्रति अनेरास्ववियु  र राष्ट्रिय युवा संघ द्वारा गम्भिर ध्यानाकर्षण

बिना प्रतिस्पर्धा रामग्राम स्तुपलाई लिजमा दिने समझदारी प्रति अनेरास्ववियु  र राष्ट्रिय युवा संघ द्वारा गम्भिर ध्यानाकर्षण प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार २०:५१

कल्पना खरेल,नवलपरासी । बिना प्रतिस्पर्धा रामग्राम स्तुपलाई लिजमा दिने समझदारी प्रति अनेरास्ववियु नवलपरासी र राष्ट्रिय युवा संघ नवलपरासीले आफ्नाे गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
आज मंगलबार संयुक्त विज्ञप्ति जारी गरी रामग्राम क्षेत्रमा उत्खनन् एवं बौद्ध स्तुप निर्माण गर्न रामग्राम स्तुप संरक्षण एवं विकास सम्बन्धि प्रस्तावको नाममा गरिएको निर्णयमा The Promised Land Pvt. Ltd. नामक निजि कम्पनीलाई बिना प्रतिस्पर्धा लिजमा दिने समझदारी गर्ने निर्णय प्रति आपत्ति जनाइएकाे हाे ।
विज्ञप्तिमा  तत्काल यस्ता गैरकानुनी  सम्झौतापत्र खारेज गरी सम्बन्धित निकायहरुको सहमतीमा प्रतिस्पर्धाबाट छनौट प्रक्रिया आगाडी बढाउन समेत माग गरिएकाे छ ।


अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज खड्का तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष धन प्रसाद भट्टराईद्वारा संयुक्त जारी विज्ञप्तिमा  यस प्रकारका गतिविधी  बन्द नगरे  सरकार विरुद्ध कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने समेत जानकारी गराइएकाे छ ।
पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच नवलपरासी रामग्रामको १२० बिधा ९९ वर्षलाई एकीकरण गरेर दिने समझदारीपत्रमा हस्ताक्षर भएकाे थियाे ।



Ads