ताजा अपडेटः

लुम्बिनी प्रदेशकै चर्चित पालडाँडाँ कप २०८० पुरुष फुटबल प्रतियोगिता

लुम्बिनी प्रदेशकै चर्चित पालडाँडाँ कप २०८० पुरुष फुटबल प्रतियोगिता प्रकाशित मिति: १३ माघ २०८०, शनिबार १८:०१

नवलपरासी , १३ माघ । लुम्बिनी प्रदेशकै चर्चित फुटबल प्रतियोगिता मध्येको एक पालडाँडाँ कप पुरुष फुटबल प्रतियोगिता २०८० को आजबाट पश्चिम नवलपरासीको बर्दघाटमा .शुरु भएको छ ।

बर्दघाट ०५ पालडाँडाँ खेलमैदानमा आयोजित खेलकुद प्रतियोगिताको एक कार्यक्रम बिच उद्योगपति एवम् संघीय सांसद बिनोद चौधरीले उद्घघाटन गर्नुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले खेलाडी देशको गहना भएकाले खेल र खेल क्षेत्रको प्रवर्द्धनमा राज्य लाग्नुपर्ने दावी गर्नुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले राज्यले खेलाडीलाई उचित सम्बोधन गर्न नसकेकोले खेलाडीको संरक्षणमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै सांसद चौधरीले यस क्षेत्रमा खेल क्षेत्रमा विकासमा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १० टिम सहभागी रहेको आयोजक सगरमाथा सामुदायिक प्रतिष्ठानका सल्लाहकार दीपक थापाले जानकारी दिनुभयो । खेलमा बिजयी हुने प्रथम टिमलाई एक लाख रुपैयाँ , दोस्रोलाई ७५ हजार पाँच सय रुपैयाँ सहित कप ,मेलड तथा प्रमाणपत्रको व्यवस्थापन गरिएको छ ।सगरमाथा सामुदायिक प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिता आगामी माघ २२ गते सम्म चल्ने छ ।

सो अवसरमा क्लबको अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्री को अध्यक्षतामा भएको सो कार्यक्रममा बर्दघाट नगरपालिका वडा न. ५ का वडा अध्यक्ष बिमला गुरुगं बोल्नुभएको थियो । शिब प्रसाद शर्माले संचालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका संरक्षण मान बहादुर थापा स्वागत गर्नुभएको थियो । तस्विर उपलब्ध छ



Ads