ताजा अपडेटः

पाल्हिनन्दनद्वारा अति विवन्नलाई न्यानाे कम्बल वितरण

पाल्हिनन्दनद्वारा अति विवन्नलाई न्यानाे कम्बल वितरण प्रकाशित मिति: १३ माघ २०८०, शनिबार ०५:४२

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा शीतलहरबाट प्रभावित अति विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वय र यूनिसेफ नेपाल लुम्बिनी प्रदेशको सहयोगमा शुक्रबार  शीतलहरबाट बच्न  कम्बल वितरण गरिएको हो ।
अत्याधिक चिसोका कारण कष्टकर जीवन विताउन बाध्य अति विपन्न नागरिकलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले बताउनुभएकाे छ । उहाँले सबै वडाका गरी  पचाँस जनालाई कम्बल वितरण गरिएको बताउनुभयाे ।
गाउँपालिकाले शीतलहर शुरु भएसँगै जाडोबाट प्रभावित नागरिकलाई जोगाउन प्रत्येक वडामा १ सयको दरले छ वटा वडाका ६ सय नागरिकलाई न्यानो कम्बल वितरण गरिसकेकाे छ । साेहि क्रमममा अपुग भएका नागरिकलाई रेडक्रसको समन्वयमा थप पचाँस वटा कम्बल वडा कार्यालयबाट प्राप्त भएका नामावलीको आधारमा वितरण गरिएको हाे ।
साेशि क्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले रेडक्रसले विपद्को अवस्थाहरू  शीतलहर होस् वा बाढी डुबान रेडक्रस सधै दातृ निकायबाट सहयोग लिएर विपद व्यवस्थापनमा काम गर्दै आइरहेकाे बताउनुभयाे ।
उहाँले वितरण गरिएको कम्बलको दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो ।



Ads