ताजा अपडेटः

रामग्राममा ३ सय साइकल यात्रुकाे नगरप्रमुख यादवद्धारा स्वागत

रामग्राममा ३ सय साइकल यात्रुकाे नगरप्रमुख यादवद्धारा स्वागत प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार १४:१७

परासी । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राम स्तुपाको विकासका लागि नगरपालिकाले रामग्राम विकास कोष नै बनाएर काम अगाडि बढाएको बताउनु भएको छ । उहाँले रामग्राम स्तुपाको विकासकालागि बनेको गुरुयोजना अनुसार काम अघि बढाउनकेन्द्रीय सरकार, प्रदेश सरकार  र लुम्बिनी विकास कोषसगँ समन्वय भैरहेकाे बनाउनुभयो ।
शुक्रवार रुपन्देहि,भैरहवाबाट आएको ३ सय जनाको साईकल यात्रीहरुलाई स्वागत गर्दै नगरप्रमुख यादवले यस्ताे बताउनुभएकाे हाे । साथै उहाँले नगरपालिकाभित्र अब बन्ने सवै सडकहरु साइकल लेन सहितको बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका साईकल यात्रीहरुको सहभागीता रहेको साइकल यात्रामा भैरहवा, बुटवल, कपिलवस्तु, तिलोत्तमा, काठमाण्डौ, भक्तपुर, ललितपुर र छिमेकी भारतबाट पनि सहभागी भएको भैरहवा साइकल सिटिका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिनुभयो । अध्यक्ष मगरका अनुसार आजै देवदह हुँदै तिरौलाकोट जाने कार्यक्रम तय भएको छ । दुई दिनसम्म सञ्चालन हुने साईकल यात्राको शनिवार भोलि भैरहवामा समापन गरिने छ ।
रामग्राम जेसीज बर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्ष र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यता र नगरउपप्रमुख संझना चौधरीको उपस्थितिमा स्वागत सम्मान गरिएको थियो । सो क्रममा रामग्राम जेसीजका विष्णु राज राव, कार्यक्रम संयोजक सुनिल कुमार यादव र सिद्धार्थनगर जेसीजका पूर्वअध्यक्षहरुले पर्यटन प्रवद्र्धनमा साईकल यात्रा महत्वपूर्ण हुने बताएका थिए ।