ताजा अपडेटः

मृत जरायाेलाई बनकाे घाटगद्विमा व्यवस्थापन

मृत जरायाेलाई बनकाे घाटगद्विमा व्यवस्थापन प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार २२:२५

सुनवल । पश्चिम नवलपरासीको सुनवल ६ विसासय, सगरमाथा टाेलमा मृत भेटिएकाे जरायाेलाई विसासय सामुदायिक वन उपभोक्ता समुहकाे राेहबरमा बनकाे घाटगद्विमा व्यवस्थापन गरिएकाे छ ।
टाेलकाे पश्चिम तर्फबाट आएकाे अन्दाजी २ फुट उचाइ , ३ फुट लम्बाई र करिब १५ केजी ताैल भएकाे जरायाे प्रजातिकाे जनावर   आज मंगवार दिउँसो करिब २ बजे ताेरी बारीमा मृत भेटिएकाे थियाे ।तत्पश्चात गाउँलेहरू सहित विसासय सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्ष गंगा प्रसाद घिमिरे ,सचिव मनरूपा पाठक, सदस्यहरू भगवती काफ्ले , सीता थापा, धुर्व पाण्डे , ङ प्रासद खनाल र नवलपरासी महिला प्रेस क्लबकाे उपाध्यक्ष मिना के.सी.  काे राेहबरमा मृत जरायाेलाई बनकाे घाटगद्विमा व्यवस्थापन गरिएकाे हाे  ।



Ads