ताजा अपडेटः

रामग्रामबाट लागु ओैषध सहित व्यक्ति पक्राउ

रामग्रामबाट लागु ओैषध सहित व्यक्ति पक्राउ प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार २०:१९

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम १८ धरमपुरमा बैरागनाथबाट खटिएको प्रहरी टोलीले लागु ओैषध सहित एक व्यक्तिलाई पक्राउ गरेकाे छ । आज दिउँसो अन्दाजी १ बजे साे ठाउँ स्थित भित्री सडक खण्डमा प्रहरीलाई शंका लागि लु ४४ प १५४२ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा उक्त लागु ओैषध फेला परेकाे हाे ।
रामग्राम नगरपालिका १५ डिगोल बस्ने अन्दाजी २४ वर्षका नुर मोहम्मद धुनियाले पछाडी बोकेको झोलाबाट प्रहरीले  DIAZEPAM लेखेको १०० एम्पुल, HPENERGAN लेखेको १०० एम्पुल, NORPHENE लेखेको १०० एम्पुल र NITRAVET लेखेको २० पत्ता (६०० ट्याब्लेट) लागू ओैषध बरामद गर्याे ।
तत्पश्चात धुनियालाई तत्काल मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।



Ads