ताजा अपडेटः

संघियताकाे सार लुकेकाे संरचना भनेकाे प्रदेश संरचना हाे:- लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती

संघियताकाे सार लुकेकाे संरचना भनेकाे प्रदेश संरचना हाे:- लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती प्रकाशित मिति: ६ माघ २०८०, शनिबार २१:४४

कल्पना खरेल, नवलपरासी ।  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघियताकाे सार लुकेकाे संरचना भनेकाे प्रदेश संरचना भएकाे बताउनुभएकाे छ । आज सनिवार लुम्बिनी प्रदेश सचिवालयको आयोजनामा  पश्चिम नवलपरासीका स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रम पश्चात् पत्रकार सम्मेलनमा बाेल्दै  सभामुख घर्तीले यस्तो बताउनुभएकाे हाे ।
उहाँले संघियताकाे सारतत्व भनेकाे समन्वय , सहकार्य र सहअस्तित्वकाे सिद्धान्तबाट शासन प्रणाली अगाडि बढाउनुपर्छ भन्दै  ऐन कानुन निर्माण गर्दा प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यक रहेको बताउनुभयाे  ।
लुम्बिनी प्रदेश सभाकाे स्थानीय तहसँगको कार्यक्रम सञ्चालन पहिलाे रहेकाे भन्दै सभामुख घर्तीले स्थानीय तह र प्रदेश सरकार विच कानुन निर्माणमा आपसी समन्वय आवश्यक रहेकाे धारणा राख्नुभयाे । जसकारण ऐन नबाझिनुकाे साथै कार्यान्वयन पक्ष प्रभावकारी हुने उहाँकाे तर्क थियाे ।
सभामुख घर्तीले यतिबेला चाैतर्फि रूपमा प्रदेशकाे ओैचित्य के भन्ने बहस चलिरहेकाे बेला प्रदेश संरचनालाई स्थापित गर्नु आवश्यक रहेकाे भन्दै कार्यक्रमकाे मुख्य उदेश्य भनेकै संघियतालाई कार्यान्वयन गर्ने रहेकाे बताउनुभयो ।