ताजा अपडेटः

रामग्राममा लागुऔषध सहित मानिस पक्राउ

रामग्राममा लागुऔषध सहित मानिस पक्राउ प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार १८:४१

कल्पना खरेल,नवलपरासी । आज पश्चिम नवलपरासीकाे  रामग्राम ५ बाईपास चोकमा प्रहरीले लागुओैषध सहित मानिस पक्राउ गरेकाे छ ।
महेशपुरबाट पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा रुपन्देही देवदह नगरपालिका  १२ बस्ने वर्ष २१ को धरमवीर केवटलाई पक्राउ गरेकाे हाे ।
केवटले लगाएको ज्याकेटको दुबै खल्तीबाट प्रहरीले  २/२ एम.एल. को NORPHINE लेखेको ५२ एम्पुल, DIAZEPAM लेखेको ५२ एम्पुल, PHENERGAN लेखेको ५२ एम्पुल, NORPHINE लेखेको स्टिकर ५४ पिस, Tambo कम्पनीको keypad phone थान १ र infinix कम्पनीको screen touch मोबाईल थान-१  फेला पारेकाे थियाे ।
तत्पश्चात उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएको छ ।



Ads