ताजा अपडेटः

पश्चिम नवलपरासीमा लागु औषध सहित ४ जना मानिस पक्राउ

पश्चिम नवलपरासीमा लागु औषध सहित ४ जना मानिस पक्राउ प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार ०६:३६

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको  पाल्हिनन्दन गाउँपालिका वडा नं.४ लोहरौली स्थित नेशनल गेष्ट हाउस एण्ड खाजाबाट प्रहरीले लागु ओैषध सहित ४ जनालाई पक्राउ गरेकाे छ ।
अबैध लागु औषध खरिद बिक्री गर्न लागेकाे भन्ने प्राप्त गोप्य सूचनाको आधारमा तत्काल प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले उक्त  गेष्ट हाउसमा गई चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागू ओैषध सहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गा.पा. वडा नं. ३ बेलासपुर बस्ने बर्ष ३० को जमालुद्दिन नाँउ, बर्ष २४ को बिक्रम सहानी, बर्ष २२ को सन्तोष गोसाई र पाल्हिनन्दन गा.पा. वडा नं. ४ लोहरौली बस्ने बर्ष २५ को सोनु पटेल रहेका छन् ।
उनीहरूबाट  २/२ एम.एल. को BUPRENORPHINE लेखेको ५० एम्पुल, DIAZEPAM लेखेको ५० एम्पुल, PHENERGAN लेखेको ५० एम्पुल र खाट माथी रहेको REDMI NOTE 10 S कम्पनीको मोबाईल थान १, OPPO कम्पनीको मोबाईल थान २ फेलापारी रितपुर्वक बरामद गरीएकाे प्रहरी नायव उपरीक्षक एवम्  सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
साथै उनीहरूलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको समेत डिएसपी बाेहराले बताउनुभयाे ।



Ads