ताजा अपडेटः

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता देवकोटा मावि

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता देवकोटा मावि प्रकाशित मिति: २ माघ २०८०, मंगलवार ११:४९

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको संयोजनमा भएको प्रतियोगिताको उपाधि महाकवि देवकोटा माविले जितेको छ । देवकोटाले १० स्वणर्, ६ रजत ४ कास्य पदक सहित प्रथम भएको हो ।
प्रथम भएको देवकोटाले शिल्ड,मेडल र प्रमाणपत्र पाएको सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिए । यस्तै जगन्नाथ मावि दोस्रो भएको छ । उसले ५ स्वणर्, ३ रजत र ४ कास्यपदक प्राप्त गरेको छ ।
त्यस्तै अन्नपूणर् ई बोर्डिङ स्कुलले तेस्रो हुदै ४ स्वणर् १ रजत सहित प्रमाणपत्र पाएको छ ।
उत्कृष्ट खेलाडीमा भलिबलको छात्रतर्फ रमावापुरका समिर सुनार, छात्रातर्फ जनसेवाकी कल्पना घर्ती मगर भएकी छन । कब्बडीमा छात्रातर्फ प्रगति माविकी सबिना चौधरी र छात्रतर्फ जगन्नाथ माविका धर्मवीर गुप्ता उत्कृष्ट भएका छन् भने एथलेटिक्समा देवकोटा माविका द्धय आयन रुचाल र देविसरा हिस्सी मगर उत्कृष्ट भएका हुन् ।
प्रतियोगितामा सुनवल नगर भित्रका सामुदायिक तथा सस्थांगत गरि २४ विद्यालय सहभागी रहेका थिए । छात्र र छात्राका लागि ५ वटा खेल विधा र २७ वटा खेलहरू सञ्चालन भएका थिए । जसमध्ये भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट (कराते,तेक्वान्दो) हाइजम्म ,लग्जम्पक र सट्फुट खेलहरु सामवेश गरिएको थियो ।
१०० स्वणर् ,१०० काश्य र १ सय ६२ रजत सहित ३ सय ६२ मेडलका लागि ५ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।



Ads