ताजा अपडेटः

महायज्ञ सफल बनाउन सबै राजनैतिक दल र सामाजिक व्यक्तित्व एक हुनुपर्ने : संघिय सांसद प्रधान

महायज्ञ सफल बनाउन सबै राजनैतिक दल र सामाजिक व्यक्तित्व एक हुनुपर्ने : संघिय सांसद प्रधान प्रकाशित मिति: २ माघ २०८०, मंगलवार ०७:४३

कल्पना खरेल,नवलपरासी । निकैनै तामझाम सगै साेमबार  सुनवलकाे सि गेटमा श्रीमद्भागत धन धान्यचल ज्ञान महायज्ञको समुद्घाटन गरिएकाे छ । योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणका लागी आयाेजित महायज्ञकाे पूर्व कानुनमन्त्री तथा संघिय सांसद धुर्व बहादुर प्रधानले समुद्घाटन गर्नुभएकाे हाे ।
महायज्ञकाे समुद्घाटन पश्चात सम्बाेधन गर्दै संघिय सांसद प्रधानले हरेक राजनीतिक दल,सामाजिक व्यक्तित्वहरू एक ठाउँमा उभिन सके महायज्ञ सफल हुने भन्दै सबैलाई आ-आफ्नाे ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयाे । साथै वहुउपयोगी ध्यान केन्द्र निर्माणमा संघिय संसदमा समेत आफ्नाे पहल रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी महायज्ञको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग मुल समारोह समितिका संयोजक भिम बहादुर थापा भरतले महायज्ञकाे मुख्य उदेश्य भनेकै  सुनवलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरकै योग तथा वहुउपयोगी ध्यान केन्द्र त्यसमा जेष्ठ नागरिक संरक्षण केन्द्र सहित प्राकृतिक चिकित्सालय समे बनाउने याेजना रहेकाेले  एकजुट हुन सबैलाई आग्रह गर्नुभयाे ।
उद्घाटन पूर्व ज्ञानमहायज्ञमा विभिन्न ४ स्थानबाट सुनवलको पश्चिममा तुरीया, पुर्वमा सोमनाथ,दक्षिणमा देवकोटा मावी र उत्तरमा वनाह चोकबाट वाजा गाजा, भजन सहित पहिचान सहितको भेषभूषामा हजारौंको संख्यामा प्रभातफेरी निकालिएको थियो।
८ गते सम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल र महायज्ञ संकल्पकर्ता वालव्यास श्रणव न्यौपानेले कथा वाचन गर्ने अयोजकले जनाएको छ । महासचिव लेखनाथ खरेलकाे संचालन रहेकाे समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य केशव भण्डारी, मुल समारोह समितिका प्रवक्ता कृष्ण लामिछाने,सह संयोजक मोहन कार्की लगाएतले बाेल्नुभएको थियाे ।
महायज्ञमा प्रत्येक दिन मण्डव पुजापाठ पारायण , विहान ११ बजेबाट ४ बजे सम्म भागवत कथा वाचन , भजनकृतन, झाकि साथै दाताको सम्मान, रुद्रि पाठ, चण्डी पाठ सहित हवन कार्यक्रम , भक्तजनको इच्छाअनुसार ग्रह शान्ति, तुलादान, अपरान्ह  ४ बजे देखि श्रृगारिक आरती,टिका प्रसाद वितरण र साझँ ७ बजे देखि १० बजे सम्म राष्ट्रिय खेती प्राप्त कलाकार द्धारा भजनकृतन एवं झाकि प्रर्दशन गरिने छ ।



Ads