ताजा अपडेटः

आज माघ १ गते ,माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै

आज माघ १ गते ,माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै प्रकाशित मिति: १ माघ २०८०, सोमबार ०६:५८

आज माघ १ गते ,माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
माघ १, साेमवार । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् ।
हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन्  ।



Ads