ताजा अपडेटः

लायन्स र लियो क्लब अफ सुनवल द्वारा विपन्न विद्यार्थीलाई  संयुक्त शैक्षिक सामाग्री वितण

कल्पना खरेल
लायन्स र लियो क्लब अफ सुनवल द्वारा विपन्न विद्यार्थीलाई  संयुक्त शैक्षिक सामाग्री वितण प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार २१:१३

कल्पना खरेल,नवलपरासी । नवदुर्गा आधारभूत विद्यालय सुनवल–३ पश्चिम नवलपरासीमा अध्ययनरत विद्यार्थीलाई आज मंगलबार शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
लायन्स क्लब अफ सुनवलकाे अध्यक्ष लक्ष्मी तिवारी र लियो क्लब अफ सुनवलका अध्यक्ष  केशव बस्यालको संयुक्त अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङकाे प्रमुख आतिथ्यतामा  साे विद्यालयमा अध्ययनरत १३ जना अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा झाेला,कापी ,पेन्सिल वितरण गरिएकाे हाे ।
उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा लियो जिल्ला परिषद 325P VDP लियो श्रद्धा कुँवर, जिल्ला सल्लाहकार लायन प्रेम न्यौपाने, LD उप कोषाध्यक्ष लायन तुलसीराम तिवारी, लायन जोन अध्यक्ष लायन बिनोद थापा लगायत विद्यालय व्यवस्थापन समिति,शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेकाे थियाे ।




Ads