ताजा अपडेटः

एक महिना एक कार्यक्रमकाे लक्ष्य अनुरूप १२ महिना १२  कार्यक्रम गर्न सफल भएकाे :- प्याब्सन नगर अध्यक्ष शर्मा

एक महिना एक कार्यक्रमकाे लक्ष्य अनुरूप १२ महिना १२  कार्यक्रम गर्न सफल भएकाे :- प्याब्सन नगर अध्यक्ष शर्मा प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार १४:१९

कल्पना खरेल,नवलपरासी । सुनवल प्याब्सनको ७ ओै अधिवेशन   सुनवल प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद शर्माकाे अध्यक्षता तथा  प्याब्सन जिल्ला अध्यक्ष गुरुदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त साधारणसभामा  कोषाध्यक्ष नरिश्वर पौडेलले आर्थिक प्रतिवेदन  र  सचिव चोलाकान्त रेग्मिले  सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । भने साधारणसभामा उठेका जिज्ञासालाई बिट मार्दै प्याब्सन नगर अध्यक्ष शर्माले अध्यक्ष भइरहदा एक महिनामा एउटा कार्यक्रम गर्ने आफ्नाे लक्ष्य अनुरूप १२ महिनामा १२ वटा कार्यक्रम गर्न सफल भएकाे भन्दै आगामी भावि याेजना समेत प्रस्तुत गर्नुभएकाे थियाे ।
जसलाई  सर्वसम्पन्न रुपमा १६ प्याब्सन प्रतिनिधिले पारित गरिएका थिए ।
प्याब्सन सचिव चाेलाकान्त रेग्मीकाे संचालन  र प्याब्सन सदस्य  दिपक प्रसाद पौडेलकाे स्वागतमा सम्पन्न कार्यक्रममा प्याब्सनका जिल्ला बरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ्ग,सल्लाहकार थमन शेरचन,कृष्ण प्रसाद काफ्ले,जनक अधिकारी , शिक्षक अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवालि र प्याब्सन जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads