ताजा अपडेटः

साना किसान कृषि सहकारी संस्था लिकाे अधिबेशनले तिल प्रसाद भण्डारीकाे अध्यक्षता नयाँ नेतृत्व चयन

साना किसान कृषि सहकारी संस्था लिकाे अधिबेशनले तिल प्रसाद भण्डारीकाे अध्यक्षता नयाँ नेतृत्व चयन प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार १२:४१

कल्पना खरेल,नवलपरासी । एकका लागि सबै र सबैका लागि एक भन्ने नारा सहित साना किसान कृषि  सहकारी संस्था लि. रामनगरकाे २३ ओै वार्षिक साधारणसभा तथा नवाैं नेतृत्व चयन कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष तिल प्रसाद भण्डारीकाे अध्यक्षता तथा सुनवल नगर उप-प्रमुख सूर्यप्रसाद दुवेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमले देवीलाल डुम्रेकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ  कार्यसमिति चयन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा लक्ष्मी भट्टराई गौतम रहनुभएकाे छ भने
सदस्यहरुमा तिल प्रसाद भण्डारी, उपेन्द्र मान प्रधान ,राधिका खराल न्यौपाने,पुर्णी देवि पछिमा थारु ,शोभा गौतम सुवेदी,लेखनाथ ढकाल, बाल कृष्ण  भट्टराई , भोला तेलि ,दयाराम यादव रहनुभएकाे छ । त्यसैगरी  लेखा सयोजक तोया नाथ न्यौपानेकाे संयाेजकत्वमा लेखा सदस्यमा बिष्णु भण्डारी र गंगाराम गैर चयन हुनुभएकाे छ ।
उक्त कार्यक्रममा बाेल्दै नगर उपप्रमुख दुवेले यस कृषि सहकारी संस्थाले कृषिकाे क्षेत्रमा गरेकाे कामकाे उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ कृषिलाई उत्पादनमूलक र  व्यवसायीकरण तर्फ लाग्न आग्रह गर्नुभयाे ।
पछिल्लो पटक देखिएकाे आर्थिक मन्दि र खस्किदाे व्यवसायीकरणलाई नयाँ नेतृत्वले थप उर्जा प्रदान गर्न सकाेस् भन्दै सबल  र सक्षम नेतृत्व चयन गर्न सबैलाई सचेत गराउनुभयाे ।
त्यसैगरि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बुटवलका शाखा प्रमुख गणेश प्रसाद भट्टराइले सहकारीको उठ्नुपर्ने खराब कर्जा उठाउन नसक्दा नाफामा कमि देखिएकाे बताउनुभयाे । साथै उहाँले सेयर सदस्यलाई ऋण प्रभाह गर्दा अनुगमनमा विशेष ध्यान दिनुपर्ने सुझाब दिदै अशुलीमा कडाइका साथ लाग्न नेतृत्वलाई आग्रह गर्नुभयाे ।
२८ कराेड १९ लाख ४७ हजार ३ सय ४५ कुल सम्पत्ति रहेकाे साना किसान कृषि  सहकारी संस्था लि.काे २ कराेड ५ लाख २१ हजार २ सय ३५ सेयर पूंजी र १२ कराेड ५२ लाख ७२ हजार १ सय ३ निक्षेप रहेकाे छ भने चालू आर्थिक वर्ष २०८० अषाढ मसान्तसम्म ७५ लाख ३९ हजार ३ सय ९२ शुद्व नाफा रहेकाे छ  ।
कार्यक्रममा अध्यक्षकाे प्रतिबेदन संस्थाकाे अध्यक्ष तिलप्रसाद भण्डारी,उपाध्यक्षकाे प्रतिबेदन संस्थाकाे उपाध्यक्ष  लक्ष्मी भट्टराई गाैतम र लेखा समितिकाे प्रतिवेदन लेखा संयाेजक ताेयनाथ न्याैपानेले प्रस्तुत गर्नुभएकाे थियाे ।
यसैबीच कार्यक्रम ७० भन्दा माथिमा १५ जना जेष्ठ नागरिकलाई र  गाई पालन ,पाछा पालन र  बाख्रा पालन गरि ३ जना व्यवसायीलाई सम्मान समेत गरिएको थियाे ।
संस्थाकाे प्रवन्धक भाेज प्रसाद चापागाईंकाे संचालन  र उपाध्यक्ष लक्ष्मी भट्टराई गाैतमकाे स्वागत रहेकाे कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष चुडामणि पाैडेल ( दिपक ) , ११ का वडा अध्यक्ष  कमल प्रसाद चुवाइ , सुनवल नगरपालिका आर्थिक विकास शाखा प्रमुख खेमराज ढकाल र लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads