ताजा अपडेटः

महायज्ञले बाध्याे सुनवलमा स्थानीय सरकारदेखि सबैलाई एकै सुत्रमा /आजबाट हवन कुण्ड निर्माण कार्य सुरू

महायज्ञले बाध्याे सुनवलमा स्थानीय सरकारदेखि सबैलाई एकै सुत्रमा /आजबाट हवन कुण्ड निर्माण कार्य सुरू प्रकाशित मिति: २२ पुष २०८०, आईतवार १०:३६

कल्पना खरेल,नवलपरासी । यहि माघ १ गतेदेखि हुन गइरहेकाे योग तथा बहु उपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञानमहायज्ञ २०८० काे तयारी यतिबेला जाेडताेडका साथ सुरू भएकाे छ ।
जसलाई गति दिन सनिवार सुनवल-१, सि गेटमा बालब्यास श्रवण न्याैपाने , नगरप्रमुख विमला अर्याल,मुल समारोह समतिका संयोजक भिम बहादुर थापा क्षेत्री ( भरत ),महिला परिचालन समितिकाे संयाेजक निशा पराजुली लगायतकाे उपस्थितिमा भूमि पुजा सम्पन्न गरिएकाे छ ।
साेहि क्रममा बालब्यास श्रवण न्याैपाने हरेक कामकाे सुरूवात भुमि पुजाबाट गर्दा शुभ हुन्छ भन्ने मान्यताकाे साथ भुमि पुजन गरेकाे बताउदेै आजबाट हवन कुण्ड देखि यज्ञ मण्डव निमार्णकार्य सुभारम्भ गरिने बताउनुभयाे ।
त्यतिमात्र हाेइन महायज्ञलाई कसरी व्यबस्थित र मर्यादित बनाउने भनि सचिवालमा बसेकाे पटक-पटककाे छलफल र हसिलाे अनुहार सगँकाे स्थानीय सरकार देखि हरेक राजनीति दल, शैक्षिक अगुवा, सामाजिक तथा राजनैतिक व्यक्तित्वहरूकाे साथमा स्थानीयबासीकाे उपस्थितीले लाग्थ्याे महायज्ञले सुनवललाई यतिबेला एकै सुत्रमा बाधेकाे छ ।
समयकाे बद्लिदाे विकाश र विकाशले ल्याएकाे व्यस्ततालाई अनुशासित,मर्यादित र स्वस्थ्यकर राख्नका लागि पछिल्लो पटक आएर ध्यान,ज्ञान र याेग अपरिहार्य मान्दै आइएकाे छ । बढ्दै गएकाे अपराध , बेमेल सगै मानसिक राेगले निम्त्याएकाे जाेखिमलाई विश्राम दिने एक हतियार भनेकै ध्यान हाे ,जसले विचलित मनलाई स्थिर राख्दै शान्ति, भातृत्व र अमन चयन स्थापित गर्न ब्यक्तिलाई साधना प्रदान गर्दछ ।
यसरी आध्यात्मिक बाटाेबाट सुनवल निर्माणकाे लक्ष्यलाई पूर्ण समर्थन गर्दै याे विषम परिस्थितिलाई यज्ञकाे माध्यमबाट एकता कायम गर्ने उदेश्यले आयाेजित महायज्ञले सुनवल नगरभित्रका हरेक व्यक्तिलाई एकसुत्रमा बाध्य सकाेस् हाम्रो यहि कामना ।