ताजा अपडेटः

स्वाठिमा टाेल स्तरीय ब्याट मिन्टन प्रतियोगिता सम्पन्न

स्वाठिमा टाेल स्तरीय ब्याट मिन्टन प्रतियोगिता सम्पन्न प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार २१:०४

कल्पना खरेल,नवलपरासी । आज बिहीबार पश्चिम नवलपरासीको सुनवल-९, स्वाठिमा टाेल स्तरीय ब्याट मिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ ।  स्वाठि यूथ क्लबका अध्यक्ष हेम बहादुर थापाकाे अध्यक्षता तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त ब्याट मिन्टन प्रतियोगितामा वडा नम्बर ९ बाट १५ टिमकाे सहभागीता रहेकाे थियाे ।
वडाकाे १ लाख ५० हजार आर्थिक सहयाेगमा भएकाे ब्याट मिन्टन प्रतियोगितामा गुरुङ टोल प्रथम , मंगलनगर द्वितीय  र स्वाठि टाेल तृतीय भएकाे वडा नम्बर ९ का वडा अध्यक्ष विरबल चाैधरीले बताउनुभएको छ ।
प्रतियोगिता क्लबमा उपाध्यक्ष सुशील चाैधरी स्वागत र भैरव बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हिरालाल यादवकाे संचालनमा सम्पन्न भएकाे हाे ।



Ads