ताजा अपडेटः

“देशको शिक्षा नितिको तत्काल परिवर्तन गर्नु पर्छ”- प्रदेश सभा सदस्य पाठक

“देशको शिक्षा नितिको तत्काल परिवर्तन गर्नु पर्छ”- प्रदेश सभा सदस्य पाठक प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार १७:४८

नवलपरासी । नेपालको शिक्षा निति असफल भएकोले तत्काल देशको शिक्षा नीति परिवर्तन गर्नु पर्ने लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठकले बताउनु भयो ।  कक्षा १२ पास गरेका अधिकाश विद्यार्थीहरु बिदेश जान खोज्ने देसको लागी दु:खद भएको बताउदै पाठकले शैक्षिक जनशक्ति देशबाट पलायन हुनु शिक्षा नितिको असफलता भएको प्रमाणित भएको र शिक्षा निति परिवर्तन गर्नु पर्ने बताउनु भयो । शिक्षा सुधार नगरी देश बिकास गर्न नसकिने बताउदै उहाँले बर्दघाट नगरले शिक्षा ऎन ल्याएर शिक्षामा सुधार गर्न खोजेको बताउनु भयो । सिपयुक्त र प्रबिधि मैत्री शिक्षा आजको आवश्यकता रहेको उहाले भनाइ छ ।

राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षालाई प्रबिधिसङ्ग जोड्नका लागी शिक्षकलाई ल्याप्टप दिन लागिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” शिक्षक साथीहरु अब चक डस्टर लिएर कक्षाकोठामा गएर होइन अब कम्प्युटर र प्रोजेक्टरबाट शिक्षण सिकाइलाई अगाडी बढाउछौ । शिक्षकहरुको थोरै लगानीमा नगरले थप लगानी गरेर शिक्षकलाई ल्याप्टप प्रदान गर्ने लागिएको छ ।” बर्दघाट नगरपालिकाले सबै शिक्षकहरुलाई प्याप्टप पुर्‍याएर प्रबिधीसहितको शिक्षामा जोड दिने श्रेष्ठको भनाइ छ ।

स्वर्ण महोत्सवको  पाचौं दिन पुर्व विद्यार्थिहरुलाई सम्मान गर्दै प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,  स्वर्ण महोत्सव मुल समारोह समितीका सयोजक बिक्रम खनाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले टीका, कदर पत्र र खादाले सम्मान गर्नु भएको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समितिका सयोजक बिक्रम खनालले सबैले साथ र सहयोगले कार्यक्रमको गरिमा बढाएको बताउनु भयो । स्वर्ण जयन्तीको अवसरमा राखिएका हरेक कार्यक्रमहरुमा स्थानीय अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको बताउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले भौतिक सरचना बनेर सकिएको बताउदै अब शैक्षिक सुधारमा लाग्ने बताउनु भयो । स्वर्ण महोत्सव सकिएपछि विद्यालयको गुणस्तर सुधारमा लाग्ने चापागाईंको भनाइ छ ।

कार्यक्रममा बिधालयका अभिभावक र शिक्षक लगायत महिला र पुरुष बिच छुट्टाछुट्टै कुर्ची दौड प्रतियोगिता सम्पन्न गरेको छ।जस्मा प्रथम हुनेले नगद ३ हजार,दुतिय हुनेलाइ नगद २ हजार तृतीय हुनेलाइ नगद १ हजार पुरस्कार प्रदान गरियको थियो।

कार्यक्रममा  राष्ट्रिय कलाकारहरु दिपक खड्का र शर्मिला अर्यालले र बिद्यालयका छात्र छात्राले गित संगीतको प्रस्तुति रहेको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष चन्द्रकान्त चापागाईंको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक छबिलाल आचार्य र हरि घिमिरेले गर्नु भएको थियो।

पौष २१ गते सम्म सञ्चालन रहने स्वर्ण जयन्ती महोत्सबमा प्रत्येक दिन बिभिन्न कार्यक्रम तथा प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरिने विद्यालयका प्राचार्य पुस्पराज अधिकारीले जानकारी दिनु भयो ।



Ads