ताजा अपडेटः

जिल्लाका ७ खेलाडीलाई सुनवल नगरपालिकाले गर्याे सम्मान

जिल्लाका ७ खेलाडीलाई सुनवल नगरपालिकाले गर्याे सम्मान प्रकाशित मिति: ११ पुष २०८०, बुधबार २१:२७

कल्पना खरेल, नवलपरासी । आज बुधबार सुनवल नगरपालिकाले जिल्ला भित्रका केहि खेलाडीलाई सम्मान गरेकाे छ । पुषकाे २ गतेदेखि ५ गतेसम्म आयाेजित आईबिपि च्याम्पियनसिप २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका नवलपरासीका ७ खेलाडीलाई सुनवल नगरपालिकाले सम्मान गरेकाे हाे ।
१० ओेेै विश्व च्यम्पियनसिप प्रतियोगितामा भाग लिन विश्वका १६ मुलुक मध्ये नेपालबाट ३१ खेलाडी सहभागी भएकाेमा  यस जिल्लाबाट भने ७ खेलाडी सहभागी थिए ।
सहभागी खेलाडीहरु मध्ये नेपालको तर्फबाट १६ स्वर्ण, १४ रजत र ४ कास्य पदक गरि धेरै पदक जित्नेमा नेपाल दाेस्रो स्थानमा रहन सफल भएको छ ।
यस खेलमा १८ बर्ष देखि ८०  बर्षसम्मका वजन  समुहका खेलाडीहरुको सहभागिता रहेको थियो ।  भारतकाे हैदरनबाद लालबहादुर स्टेडममा भएकाे  च्यम्पियनसिप प्रतियोगितामा यस जिल्लाबाट सहभागी ७ खेलाडी मध्ये ५ खेलाडी खेलमा सहभागी रहेका थिए । भने बाकि २  सुर्य भण्डारी र नवराज डुम्रे टिम काेचमा रहेका थिए ।
सहभागीमा राेशनी डुम्रेले जुनियर ५२ केजी समूहमा १ रजत पदक जितेकी छन् , भने अरूण गिरीले जुनियर पुरूष ७६ केजी समुहमा १ रजत र १ कास्य पदक, नन्देश्वर सिंहले सिनियर ५२ केजी समुहमा १ कास्य पदक, मनाेज चाैधरीले मास्टर १, ६० केजी उमेर समुहमा १ स्वर्ण र १ रजत पदक र गाेकर्ण केसीले मास्टर ३, ७६ केजी उमेर समुहमा १ कास्य पदक जिकेका छन् ।
खेलाडीकाे याे जितकाे खुसीमा थप हाैसला प्रदान गर्दै नगर र जिल्लाकाे नाममात्र नभई समग्र देशकाे शानलाई उच्च राखेकाेमा नगरउपप्रमुख सुर्य प्रसाद दुवे, प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरी,कार्यपालिका सदस्य भगवती बस्याल, लगायतको उपस्थितिमा नगरप्रमुख विमला अर्यालले बधाई दिदै सम्मान गर्नुभएकाे हाे ।



Ads