ताजा अपडेटः

रोजगार, अध्ययन र शान्ति मिसनमा विदेश जाने नेपालीले अब तीन दिनभित्र लाइसेन्स पाउने

कल्पना खरेल
रोजगार, अध्ययन र शान्ति मिसनमा विदेश जाने नेपालीले अब तीन दिनभित्र लाइसेन्स पाउने प्रकाशित मिति: ११ पुष २०८०, बुधबार १६:२९

 

 

अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने भएको छ ।
निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ । तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ ।
निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।स्रोतःअनलाइनखबर




Ads