ताजा अपडेटः

पृथ्वीचन्द्र अस्पतालमा चोरी गरेको अभियोगमा गार्ड पक्राउ

पृथ्वीचन्द्र अस्पतालमा चोरी गरेको अभियोगमा गार्ड पक्राउ प्रकाशित मिति: ४ पुष २०८०, बुधबार ०९:१४

ज्ञानेश्वर सहानी,नवलपरासी । पश्चिम नवलपरासीको सदमुकाम परासी स्थीत पृथ्वीचन्द्र अस्पतालको टिकट काउन्टरबाट नगद रकम चोरी अभियोगमा गार्डलाई प्रहरीले हिरासतमा लिइएको छ।
अस्पतालबाट नगद पैसा चोरीमा संलग्न एक जना गार्डलाई सोमबार अस्पतालबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ। पृथ्वी चन्द्र अस्पताल परासीमा विगत ८/९ महिना देखि गार्डको रुपमा कार्यरत पाल्हीनन्दन गाउँपालिका वडा नं ०६ बस्ने राजु हरिजनले अस्पतालको काउन्टरबाट राति ११ बजे २ लाख ११ हजार रुपैया चोरी गरेकाे पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डाक्टर किरण पाण्डेले बताए ।
गएको आइतबार राति ११ बजे २ लाख ११ हजार रुपैया चोरी गरेको विषय अस्पतालको सिसिटिभि क्यामरामा रिकर्ड गरिएको छ। अस्पतालमा चोरीका घटनाहरु विगतका दिन देखि हुँदै आएको तर व्यवस्थापन निकायले लापरवाही गरेको एक स्थानियले बताउँछन्। उनले भने यहाँ कहिले ८ हजार कहिले ३५ हजार गरी दुई तीन पटक चोरी भएको छ।
यस पटक चोरी गरेकोको रकम मध्य ३६०० रुपैया भोटिएको  तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए ।



Ads