ताजा अपडेटः

नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने प्रकाशित मिति: १ पुष २०८०, आईतवार ११:४८

काठमाण्डौ – नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ ।
अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो वर्ष पनि आउँदो शनिवारदेखि तीन हप्ता दैनिक ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सडक आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ । काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।
तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । नारायणगढ-मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडि गुड्छन् ।स्रोतःउज्यालो



Ads