ताजा अपडेटः

सात लाख रकमसहित युवक प्रहरी नियन्त्रणमा

सात लाख रकमसहित युवक प्रहरी नियन्त्रणमा प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार ०७:४०

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट प्रहरीले स्रोत नखुलेको सात लाख रकम सहित एक युवक पक्राउ गरेकाे छ । रामग्राम–५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँ सहित पाल्हीनन्दन गाँउपालिका वडा नम्बर-२ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेकाे हाे ।
धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथबाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी सात लाख ९ सय रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी रेशम बोहोराले जानकारी दिनुभएकाे छ । पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।



Ads