ताजा अपडेटः

दोस्रो स्मृति कप फुटवल प्रतियोगिता २०८० काे आजकाे खेलमा नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी

दोस्रो स्मृति कप फुटवल प्रतियोगिता २०८० काे आजकाे खेलमा नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार २०:३०

कल्पना खरेल,नवलपरासी । दोस्रो स्मृति कप  २०८० खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी भएकाे छ ।
सुनवल-३, किर्तिपुर -२ खेल मैदानमा जारी उक्त खेलमा 7 STAR FC लाई शुन्यका विरूद्व २ गाेलले हराउदै नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी भएकाे हाे ।


खेलकाे केही समयमा नै १ गाेलकाे अग्रता कायम गरेकाे नेपाल प्रहरी विशेष सुरक्षा गणले पहिलाे हाफमै थप १ गाेल गर्न सफल भएकाे थियाे  । 7 STAR FC ले भने खेल अवधिभर गाेल फर्काउने निकैनै प्रयास गरेपनि सफल हुन सकेन ।
आजको खेलमा 7 STAR FC का जर्सी नंम्बर ६ का  खेलाडी देव अमात्य म्यान अफ द म्याच घाेषित भएका छन् ।


भोलीकाे अन्तिम क्वाटर फ़ाइनल खेल जेनिथ युवा क्लव किर्तिपुर १ Vs सिद्धार्थ युवा क्लव रुपन्देही बिच हुने आयाेजक समितिले जनाएकाे छ ।



Ads