ताजा अपडेटः

दोस्रो स्मृति कप २०८० फुटबल प्रतियोगिताकाे आजकाे खेलमा सनराइज युवा क्लब विजयी

दोस्रो स्मृति कप २०८० फुटबल प्रतियोगिताकाे आजकाे खेलमा सनराइज युवा क्लब विजयी प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार २०:०६

कल्पना खरल,नवलपरासी । दोस्रो स्मृति कप २०८० खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा सनराइज युवा क्लब  बडेरा विजयी भएकाे छ ।
पश्चिम नवलपरासीको सुनवल-३,किर्तिपुर-२, खेलमैदानमा भएकाे खेलमा आयाेजक किर्तिपुर युवा क्लबलाई १ का विरूद्व २ गाेल गरी सनराइज युवा क्लब विजयी भएकाे हाे ।


खेल अवधिभर निकै प्रतिस्पर्धात्मक र एक -अर्कामा भारी देखिएका दुवै टिमले पहिलाे हाफमा  कुनैपनि गाेल गर्न सकेनन् । दाेस्राे हाफमा गएर २ गाेल गर्न सफल सनराइजलाई  खेलकाे अन्तिम समयमा आएर किर्तिपुर युवा क्लबले १ गाेल फिर्ता गरेकाे थियाे ।


भाेलिकाे खेल नेपाल प्रहरी विषेश सुरक्षा गण  ( सुनवल ) Vs 7 स्टार FC विच कडा प्रतिस्पर्धात्मक खेल हुने आयाेजक टिमले जनाएकाे छ ।



Ads