ताजा अपडेटः

दोस्रो स्मृति कप फुटबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी

दोस्रो स्मृति कप फुटबलमा नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार २२:३९

कल्पना खरेल, नवलपरासी । दोस्रो स्मृति कप २०८० खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी भएकाे छ । पश्चिम नवलपरासीको सुनवल-३,किर्तिपुर-२, खेलमैदानमा जारी उक्त खेलमा  U 19 नवलपरासीलाई पेनाल्टी सुटआउटमा हराउदै  नेपाल प्रहरी विशेष सुरक्षा गण विजयी भएकाे हाे ।


खेल अवधिभर निकैनै प्रतिस्पर्धात्मक र राेचक खेल प्रदर्शन गरेका दुवै टिमले कुनैपनि गाेल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।
आजकाे खेलमा नेपाल प्रहरी विशेष सुरक्षा गणका जर्सि नं १ का खेलाडी सौरभ गाहा म्यान अफ द म्याच घाेषित भएका छन् ।  भोली पहिलो खेल दिउँसाे १ बजे गोरख दल गण परासी Vs सिद्धार्थ FC खैरेनी रुपन्देही बिच हुने र दोस्रो खेल दिउँसाे ३ बजे माकर युवा क्लब वर्दघाट Vs साम्झना युवा क्लव हर्दिया बिच हुने आयाेजक समितिले जनाएकाे छ ।



Ads