ताजा अपडेटः

GESON नवलपरासीको नृत्य र SINGING प्रतियोगितामा सिद्वार्थ शिशु सदन र अन्नपूर्ण विजयी

GESON नवलपरासीको नृत्य र SINGING प्रतियोगितामा सिद्वार्थ शिशु सदन र अन्नपूर्ण विजयी प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार २२:१७

कल्पना खरेल,नवलपरासी । शैक्षिक ऐक्यबद्धताकाे समुह जिसन ( GESON) नवलपरासीद्वारा आज शुक्रबार अन्तर मावि नृत्य प्रतियोगिता तथा  GESON SINGING IDOL-2080  सिजन १० सम्पन्न भएकाे छ ।
GESON नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरूङकाे अध्यक्षता तथा GESON नवलपरासीका निवर्तमान अध्यक्ष तथा बर्तमान GESON सल्लाहकार यम बहादुर थापाकाे प्रमुख आतिथ्यतामा होटल ओरियन, सुनवल-४ मा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
जसअन्तर्गत SINGING तर्फ GESON मा आवद्व  ८ विद्यालयकाे सहभागीता रहेकाे थियाे भने नृत्य तर्फ १२ विद्यालयकाे सहभागीता रहेकाे थियाे ।

जहाँ ७ विद्यालयलाई पछि पार्दै अन्नपूर्ण इङ्लिस सेकेण्डरी स्कुल  सुनवल -७ अस्नैया SINGING तर्फ प्रथम हुन सफल भयाे भने ११ विद्यालयलाई पछि पार्दै  सिद्वार्थ शिशु सदन इङ्लिस स्कुल सुनवल-४ नृत्यतर्फ प्रथम भएकाे थियाे ।
यसैगरी नृत्यलाई अन्य विभिन्न विधाहरू जस्तै  उत्कृष्ट भेषभुषा, उत्कृष्ट प्रस्तुतिकरण ,उत्कृष्ट नाैलाेपन,निर्णायक राेजाई , उत्कृष्ट काेरियाेग्राफि समेत छुट्टाई पुरस्कृत गरिएकाे थियाे भने SINGING तर्फ उत्कृष्ट प्रदर्शनकर्ता र उदीयमान कलाकारहरू भनी पुरस्कृत गरिएकाे थियाे ।
जहाँ  SINGING तर्फ अप्सर अलि र सुमित पाैडेल जर्ज रहेका थिए भने नृत्य तर्फ कविता सेनचुरी र कुमार थापा जर्जकाे मुख्य भूमिकामा रहेका थिए ।


GESON नवलपरासीका सचिव यज्ञ प्रसाद न्याैपानेकाे संचालन र  GESON नवलपरासीका वरिष्ठ उपाध्यक्ष थमन सेरचनकाे स्वागत रहेकाे कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष गुरूदत्त पाैडेल, वडा नम्बर १ र ७ का अध्यक्ष क्रमशः मन बहादुर थापा, नारायण आचार्य, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष  रमेश कर्माचार्य ,नेपाल मगर संघकाे नगर अध्यक्ष दिपक थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।


GESON नवलपरासीले विद्यार्थीमा भएकाे अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउदै , कला र गलालाई तिखारी सक्षम नागरिक निर्माण गर्ने लक्ष्य सहित निरन्तर यस्ता अतिरिक्त क्रियाकलाप गराउदै आएकाे छ ।



Ads