ताजा अपडेटः

किर्तिपुरमा जारी फुटबल खेलमा जेनिथ युथ क्लब विजयी

किर्तिपुरमा जारी फुटबल खेलमा जेनिथ युथ क्लब विजयी प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार २०:५७

कल्पना खरेल, नवलपरासी । दोस्रो स्मृति कप २०८० खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे आजकाे खेलमा जेनिथ युथ क्लब किर्तिपुर १ विजयी भएकाे छ ।
पश्चिम नवलपरासीको सुनवल-३,किर्तिपुर-२, खेलमैदानमा जारी उक्त खेलमा B.Y.C B.Y.C सुनवल ८ लाई शुन्यका विरूद्व १ गाेल गर्दै  जेनिथ युथ क्लब  विजयी भएकाे हाे ।


खेलकाे पहिलाे हाफमा १ गाेल गरेकाे जेनिथलाई गाेल फर्काउन B.Y.C ले खेल अवधिभर निकै प्रयास गरेकाे थियाे । तर दाेस्राे हाफमा ३ मिनेट थप गरेपनि B.Y.C ले गाेल गर्न भने सकेन  ।
आजकाे खेलमा जेनिथ युथ क्लब किर्तिपुर १ का जर्सि नम्बर ९ का खेलाडि निखिल पुन म्यान अफ द म्याच घाेषित भएका थिए ।


भाेलिकाे खेल नेपाल प्रहरी विशेष सुरक्षा वल सुनवल Vs अण्डर 19 नवलपरासी विच राेचक प्रतिस्पर्धात्मक खेल हुने आयाेजक समितिले जनाएकाे छ ।



Ads