ताजा अपडेटः

उखु काट्न पाउनुपर्ने व्यवस्था तत्काल मिलाउन जिल्लाका उखु कृषकहरूकाे माग ।

उखु काट्न पाउनुपर्ने व्यवस्था तत्काल मिलाउन जिल्लाका उखु कृषकहरूकाे माग । प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार १९:३३

नवलपरासी ।पश्चिम नवलपरासीका उखु किसानहरुले उखु काट्न पाउनुपर्ने व्यवस्था मिलाउनकाे लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
लुम्बिनी चिनी मिलकाे प्रदुषणले सुनवल नगरपालिका भित्रका  स्थानीयलाई अधिक रुपमा असर गरिरहेकाले स्थानीयले संघर्ष समिति बनाई केही दिन देखि मिलले प्रदुषण व्यवस्थापन गरि मिल सञ्चालन गर्नु पर्ने भन्दै बिराेध गर्दै आएका छन् ।
यता उखु किसानहरुले भने उखु बाली काट्ने समय भई सकेकाले उखु काट्न पाउनुपर्ने व्यवस्था तत्काल मिलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाएका हुन् ।
यस वर्ष नेपाल सरकारले समर्थन मूल्य नताेकेकाले  गत वर्ष  सरकारले ताेकेकाे उखुकाे समर्थन मूल्य ५ सय ४० मा जिल्लामा रहेका कुडियाकाे खड्सारी र ईन्दिरा चिनी मिलले  उखु क्रसिङ्ग गरिरहेकाे किसानहरुले बताएका छन् । भने जिल्लामा ४७५ जना किसानले उखु खेती गरेकाे देख्न सकिन्छ ।
ज्ञापनत्र बुझाउने क्रममा क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य देव करण कलवार,जिसस प्रमुख भगाैती यादव (रुदल),नेपाल उधाेग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी,जिल्ला प्रहरी कार्यालयका प्रमुख काजी कुमार आचार्य लगायत उल्लेख्य किसानहरुकाे उपस्थिति रहेकाे थियाे ।



Ads