ताजा अपडेटः

किर्तिपुरमा आयाेजित फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा माकर युवा क्लबकाे विजयी सुरूवात

किर्तिपुरमा आयाेजित फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा माकर युवा क्लबकाे विजयी सुरूवात प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार २२:३२


कल्पना खरेल,नवलपरासी । किर्तिपुर युवा क्लव द्वारा आयोजित दोस्रो स्मृति कप २०८० 9-A Side खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा माकर युवा क्लबले विजयी सुरूवात गरेकाे छ ।


आज सनिवार किर्तिपुर-२, नवलपरासी ( पश्चिम ) को खेलमैदानमा अस्नैया यूवा क्लव सगँ भएकाे खेलमा १ का विरूद्व ३ सानदार गाेल गर्दै माकर युवा क्लब विजयी भएकाे हाे । आजको खेलमा माकर युवा क्लवका जर्सी नं ७ का खेलाडी  कमल भट्टराई म्यान अफ म्याच घाेषित भएका छन् ।


भाेलिकाे खेलकिर्तिपुर युवा क्लव किर्तिपुर २ र बिग वुद्ध युवा क्लव सुनवल ६ भु पु बिच हुने आयाेजक क्लबका अध्यक्ष  दिपक श्रेष्ठले बताउनुभएकाे छ ।