ताजा अपडेटः

रामग्राममा  प्राचीन पोखरी सहित विहारका पर्खालका भग्नावशेष भेटियो

रामग्राममा  प्राचीन पोखरी सहित विहारका पर्खालका भग्नावशेष भेटियो प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार ०७:५९

कल्पना खरेल,नवलपरासी । गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीकाे रामग्राममा प्राचीन पाेखरी, विहारका पर्खालकाे भग्नावशेषहरू भेटिएका छन् । पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिब १ महिनादेखि गरेकाे उत्खनन उक्त भग्नावशेष भेटिएकाे हाे ।
आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै रामग्राम स्तूपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट  पोखरी  र प्राचीन विहारका भग्नावशेष भेटिएको जानकारी दिइएको थियाे ।


रामग्राममा प्राचीन विहारका भग्नावशेष पर्खाल, पोखरी र अन्य प्राचीन सामाग्रहीहरु फेला परेको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभएकाे थियाे । उहाँले संवेक्षणका क्रममम रामग्राम स्तूपकाे उत्तर दक्षिण ६४ किलाेमिट र पुर्व पश्चिम ४० किलाे मिटर विहारकाे भाग रहेकाे बताउनुभयाे। जसकाे खाेज र अनुसन्धान आवश्यक रहेकाे भन्दै नगरपालिकाले पनि यश विषयमा चासाे देखाउनुपर्ने धारणा राख्नुभयाे ।
साेहि क्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणमा ढिलासुस्ती गरेकाे गुनासो गर्दै स्थानीय सरकारलाई त्याे जिम्मेवारी दिए तदरूपताका साथ संरक्षण र खाेजका कामहरू अगाडि बढाइने विचार राख्नुभयाे ।


पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेका थिए । भने तत्कालका लागि  उत्खननकाे काम सकिएकाे समेत जनाएका छन् ।



Ads