ताजा अपडेटः

बाबा बर्दगोरिया धामकाे पहिचान सहितकाे संरक्षण र विकास आवश्यक रहेकाे:- नगर उपप्रमुख दुवे

बाबा बर्दगोरिया धामकाे पहिचान सहितकाे संरक्षण र विकास आवश्यक रहेकाे:- नगर उपप्रमुख दुवे प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार १९:२८

कल्पना खरेल, नवलपरासी  । बाबा बर्दगोरिया मन्दिर बिकास धाम सुनवल-११ केरवानी  पश्चिम नवलपरासीको चौथो साधारणसभा सम्पन्न भएको छ । बिकास धामका अध्यक्ष नरपती पाण्डेको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा आज शुक्रबार सम्पन्न भएको हो ।


साधारणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुख दुवेले ऐतिहासिक पुरातात्त्विक महत्त्व बाेकेकाे यस धाम सुनवलकाे मात्र नभएर जिल्लाकै गहना भएकाे बताउनुभयाे । त्यसैले यसकाे पहिचान सहितकाे संरक्षण र विकास आवश्यक रहेकाे भन्दै दुवेले स्थानीय सरकार  सदैव हातेमालो गर्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


त्यसैगरी सुनवल  वडा १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद बगालेले  बाबा बर्दगोरिया मन्दिर बिकास धामकाे इतिहास पल्टाउदा आजसम्मकाे यात्रा चुनाैतिपूर्ण रहेकाे स्मरण गर्दै सबैकाे सामुहिक मेहनत अहिलेकाे अवस्था रहेकाे टिप्पणी गर्नुभयाे ।
उता वडा नम्बर ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाई र वडा नम्बर १२ का अध्यक्ष चुरामणी पौडेल (दिपक) ले बर्दगोरियाको बिकास  संरक्षण समिति, स्थानीय सरकार र स्थानीयबासी हातेमालो गरी बृहत गुरु योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे ।


कार्यक्रममा यातायात कार्यलय परासीका प्रमुख मुक्ति प्रसाद पाण्डे ,रामनगर बृहत खानेपानी आयोजनाका अध्यक्ष बिष्णुप्रसाद अर्याल,धार्मिक व्यक्तित्व निमप्रसाद न्यौपाने,पेउ नारायण न्यौपाने, लगायतले बाेल्दै बर्दगाेरिया धाममा पस्दा आध्यात्मिक साेचाइ आफै आउने भन्दै यस्ताे पुण्य  धार्मिक स्थललाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा भुमही निवासी निम प्रसाद न्यौपानेले बर्दगोरिया मन्दिर परिसरमा पशुपतिनाथ मन्दिर  निर्माणका लागी रू.७० लाखको आर्थिक सहयोग हस्तान्तरण गर्ने घाेषणा गर्नुभयाे । जसमध्ये  रू .४५ लाख मन्दिर निर्माणका लागी आजै हस्तान्तरण गर्नु भयाे भने बाकी रू.२५ लाख मन्दिर निर्माण सम्पन भएपनि हस्तान्तरण गरीने उहाँका छोरा पेउ नारायण न्यौपानेले जानकारी दिनुभयाे ।


संस्थाका सचीव लेखनाथ ढकालको संचालन र संस्थाका सदस्य उदयराज डुम्रेको स्वागत रहेकाे साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष नरपती पाण्डे , सचीवको प्रतिवेदन सचीव लेखनाथ ढकाल , कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष दुर्गादेवी भुर्तेल र लेखा प्रतिवेदन हुमनाथ सुवेदीले प्रस्तुत गर्नुभएकाे थियाे ।



Ads