ताजा अपडेटः

उत्तरायणी मेला तथा सांस्कृतिक कार्यक्रम यहीँ मंसिर १० र ११ गते हुने

उत्तरायणी मेला तथा सांस्कृतिक कार्यक्रम यहीँ मंसिर १० र ११ गते हुने प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार १९:२७

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल २, खुटहटमा श्री उत्तरायणी मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ । हरेक वर्ष कार्तिक पूर्णिमाकाे दिन लाग्ने उक्त मेला यहीँ मंसिर १० र ११ गते लाग्ने आज बुधबार बसेकाे श्री उत्तरायन शिवालय मन्दिर समिती तथा मेला व्यवस्थापन समितिले जनाएको छ ।
उत्तरबाट दक्षिण गएर दक्षिणबाट पुन उत्तर बगेकाे खाेला भएकाेले खाेलालाई उत्रायणी खाेला नामाकरण गरिएकाे हाे भने साेहि नामाकरणबाट श्री उत्ररायण शिव मन्दिर समेत नामाकरण गरिएकाे छ ।
हरेक वर्ष कार्तिक पूर्णिमाकाे दिन  उत्रायणी खाेलामा नुहाउदा छाला सम्बन्धि चर्मराेग निकाे हुने धार्मिक विस्वास रहदै आएकाे छ । साेहि परम्परालाई कायम राख्दै श्री  उत्तरायणी मेलालाई निरन्तरता दिदै आएकाे  उत्तरायन शिवालय मन्दिर समिती तथा मेला व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर मगरले बताउनुभएकाे छ ।
यस मेलामा जिल्लाका ७ ओेटै पालिका सगै रूपन्देही ,कपिलवस्तु देखि भारत सम्मका भक्तजनहरू सहभागी हुने गर्दछन् । करिब ८ विगाहा जग्गा ओगटेकाे यस श्री उत्ररायण शिव मन्दिरकाे काखमा खाेला र झाेलुङ्गे पुल सगै दाहसंस्कारकाे लागि घाट पनि रहकाे छ ।
पुरानाे इतिहास सगै अलाैकिक र अनाैठाे पहिचान बाेलेकाे यस श्री उत्ररायण शिव मन्दिरकाे संरक्षण हुन नसकेकाे केही स्थानीयले गुनासाे गरेका छन्  ।



Ads