ताजा अपडेटः

संघर्ष समितिले तत्काल प्रदुषण नियन्त्रण गर्नुपर्ने भन्दै लुम्बिनी चिनी उद्योगलाई बुझायाे ज्ञापनपत्र

संघर्ष समितिले तत्काल प्रदुषण नियन्त्रण गर्नुपर्ने भन्दै लुम्बिनी  चिनी उद्योगलाई बुझायाे ज्ञापनपत्र प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार १७:४६

कल्पना खरेल,नवलपरासी । लुम्बिनी चिनी उद्योगबाट उत्पन्न प्रदूषण तत्काल  नियन्त्रण गर्नुपर्ने माग गर्दै लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति सुनवल,पश्चिम नवलपरासीद्वारा उद्योग संचालकलाई  ज्ञापनपत्र बुझाएकाे छ ।
यूवराज ढकाल संयाेजक रहेकाे ३१ सदस्यीय संघर्ष समितिले उद्योग र सुनवल नगरपालिका विच पटक -पटक भएकाे सम्झाैता कार्यान्वयन हुनुपर्ने,उद्योगबाट निस्केको फाेहाेर पानी व्यवस्थापन गर्नुपर्ने,उद्योगबाट निस्कने दुर्गन्ध पूर्णरूपमा हट्नुपर्ने र इन्धनको रूपमा प्रयाेग भएकाे धानकाे भुस तत्काल राेक्नुपर्ने सहित ४ बुदे माग राख्दै आज ज्ञापनपत्र बुझाएकाे हाे ।
ज्ञापनपत्रमा लुम्बिनी चिनीमिलकाे प्रदुषणका कारण नगरभित्रका ८० हजार स्थानीय जनताकाे स्वास्थ्यमा गम्भीर असर पुगेकाेले नियन्त्रण गर्न नसके कित बन्द गर्नुपर्ने नभए अन्यत्र ठाउँमा स्थानान्तरण गर्न अनुराेध गरिएकाे छ । २०६२/६३ सालमा एकाएक उद्योग निजीकरण भएपछि बाट चिनीमिलबाट निस्कने प्रदूषणले विशेषगरी सुनवलकाे वडा नम्बर १,२,३,४ र ६ का स्थानीयबासी बढि प्रभावित भएका छन् ।
चिनीमिलबाट निस्केको कालाे धुवाले घर बाहिर कुनैपनि सामान  र धाेएर सुकाएकाे कपडाहरूमा कालाे खरानी बस्ने गरेकाे छ ।त्यतिमात्र नभएर करेसाबारीमा लगाइएका सागसब्वीमा समेत काला टिकाजस्ताे बस्नुकाे साथै दुर्गन्धले सुध्ने र स्वाद पाउने क्षमतामा समेत कमि आएकाे स्थानीयकाे गुनासाे छ ।
उखु किसानलाई समेत समस्या नहाेस् भनी काट्नु भन्दा पहिल्यै उद्योगलाई समस्या समाधान गर्न ज्ञापनपत्र बुझाइएकाेले ३ दिन भित्र उद्योगले स्थानीयबासीकाे समस्यालाई सम्बाेधन नगरे मिल संचालन गर्न नदिने संघर्ष समितिका सचिव प्रदिप अर्यालले बताउनुभएकाे छ ।
लुम्बिनी प्रदेश सांसद खडक बस्नेत,वडा नम्बर १ का वडा अध्यक्ष  मनबहादुर थापा मगर, वडा सदस्य कृष्ण बहादुर क्षेत्री लगायत स्थानीयबासीकाे उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको थियाे ।



Ads