ताजा अपडेटः

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ ः प्रधानमन्त्री प्रचण्ड

कल्पना खरेल
अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ ः प्रधानमन्त्री प्रचण्ड प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार १३:४१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) तनहुँमा आयोजित कार्यक्रममा बोल्दै विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले एकथरी तत्तव कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेको बताउनुभयो ।
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्रीले गठबन्धनमाथि खतरा नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हक अधिकार खोस्ने र नागरिकका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।’ सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उहाँको भनाइ थियो ।
यस्तै,प्रधानमन्त्री प्रचण्डले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि नागरिकसँग माओवादी अभियानले नागरिकमाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताउनुभयो ।स्रोतःउज्यालो




Ads