ताजा अपडेटः

रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार १०:३९

ज्ञानेश्वर सहानी ,नवलपरासी ।
जिल्ला प्रहरी कर्यालय नवलपरासीको रामनगर प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ३०० के.जी. माछा बरामद गरी नष्ट गरेको छ। बिहीबार राति  १० बजे सुस्ता गाउँपालिका वडा नम्बर ०५ बनकटी गाउँ बाट भारतिय माछा प्रहरीले बरामद गरेको हो।


विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको ईलाक  प्रहरी कार्यालय बेलाटारीले बताए।
भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईपछि माछा लाई नियन्त्रणमा लिइएको ईलाक  प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।



Ads