ताजा अपडेटः

उखु किसानले पाउनुपर्ने अनुदान तत्काल उपलब्ध गराउन उखु उत्पादक महासंघद्वारा सराेकारवालासगँ माग

उखु किसानले पाउनुपर्ने अनुदान तत्काल उपलब्ध गराउन उखु उत्पादक महासंघद्वारा सराेकारवालासगँ माग प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार १६:१६


कल्पना खरेल,नवलपरासी । नेपाल उखु उत्पादक महासंघ प्रदेश कार्यालय प्रतापपुरले एक विज्ञप्ति जारी गरि उखु उत्पादक किसानहरुकाे सरकारी अनुदान अविलम्ब उपलब्ध गराउन सराेकारवालासगँ माग गरेकाे छ ।
महासंघका संयाेजक उमेश चन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्रसिङ्ग सिजन आरम्भ हुन लाग्दा पनि हाल सम्म चिनी मिल संचालकहरुले दिनुपर्ने रु २० प्रति क्विन्टल र नेपाल सरकारले दिनुपर्ने रु ७० प्रति क्विन्टल अनुदान रकम उपलब्ध नगराएकाे जनाएकाे छ ।


यस वर्षको उखुको समर्थन मूल्य किसानको उत्पादन लागत तथा चिनीको वर्तमान बजार मूल्यलाई दृष्टिगत गरि कम्तिमा रु ६५१ प्रति क्विन्टल निर्धारण गर्न समेत सराेकारवाला सगँ माग गरिएकाे छ ।
उखु उत्पादक किसानहरुकाे माग सम्बाेधन नभए किसानहरु बाध्य भई सडक संघर्षमा उत्रने र त्यसकाे जिम्मा नेपाल सरकार तथा सम्बन्धित चिनी उद्योगले व्यहोर्नुपर्ने समेत प्रेस विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाकै प्रमुख नगदे बालीको रुपमा रहेको उखु बालीलाई नेपाल सरकारले २०७२ सालमा राष्ट्रिय बालीमा सुचिकृत गरेकाे थियाे । तर सरकारले उखु किसासका जायज मागलाई सम्बाेधन गर्न नसक्दा उखु किसानहरुमा नैराश्यता छाएकाे छ भने उखु उत्पादनमा समेत कमी आएकाे छ ।



Ads