ताजा अपडेटः

विनोद चौधरिको समाजसेवा / हातखुट्टा नहुनेलाई कृतिम खुट्टाको सहारा

विनोद चौधरिको समाजसेवा / हातखुट्टा नहुनेलाई कृतिम खुट्टाको सहारा प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार ०६:४७

नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १६ कुकुरमारा निवासी मोहमद अलि मियां दुबै खुट्टामा  कृत्तिम खुट्टा पाएपछि अहिले खुसीले हर्सीत हुनुभएको छ  ।
७ । ८ बर्ष अघि सवारी दुर्घटनामा परी दुवै खुट्टाको गोडा (  तिग्रा ) भन्दा मुनीको भाग गुमाउनुभएका मियांले अहिले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाट स्थित चिसापानी  अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) बाट निशुल्क रुपमा सेवा लिएपछि उहा अहिले सारै हर्सविभोर हुनुहुन्छ  ।
मैले यो सेवा लिन अन्यत्र जान पर्दा मलाई करिव २ देखी ३  लाख रुपैया खर्च हुनथ्यो मियांले भन्नुभयो मैले निशुल्क रुपमा दुबै खुट्टामा  कृत्तिम खुट्टा पाए जसले गर्दा मलाई अब डिडडुल गर्न कसैको शाहार लिनुपदैन् ।
मियां एउटा प्रतिनिधी पात्र मात्र हुनुहुन्छ । मिया  जस्तै अन्य विरामीले पनि चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालको सहकार्यमा सेवा प्रारम्भ संगै चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउदै आएका छन् ।
यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १० भुव्हाचापी  निवासी सुकुबा कुमालले समेत एउटा  खुट्टामा कृत्तिम खुट्टा पाएपछि अहिले खुसी देखिनुहुन्छ ।
२०७८ सालमा सवारी दुर्घटनामा परी एउटा खुट्टाको घुडाभन्दा तलको भाग गुमाउनुभएका ५२ बर्षिय कुमालले निशुल्क रुपमा कृत्तिम खुट्टा पाएपछि आफुले हिडडुलमा थप सहजता भएको बताउनुहुन्छ  ।
संघीय निर्वाचन  पश्चिम नवलपरासी क्षेत्र न १ मा ं संघीय सांसद  बिनोद  चौधरीले निर्वाचनको बेलामा चिसापानी अस्पताललाई चौतर्फी रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो  । चुनावी प्रतिबद्धता  अनुसार संघीय सांसद चौधरीले  चौधरी फाउण्डेसजनको सहकार्यमा चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन साथै अस्पताल अस्पतालमा अन्य प्राविधीक उपकरण हस्तान्तरण गर्नुभएको छ  ।
संघीय सांसद बिनोद चौधरी प्रमुख संरक्षक रहेको चौधरी फाउण्डेसनले लुम्बिनी प्रदेशमै पहिलो  पटक चिसापानी अस्पतालमा सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने ) काम गर्न थालेपछि सेवाग्राहीहरु लाभाब्बीत हुन विस्वास लिईएको हो ।
सबल केन्द्रका फोपक पर्सन दिपक सिंह केसीले चिसापानी अस्पतालमा  सबल केन्द्र स्थापना भएदेखी १ महिनको अवधीमा चार जना  बिरामीलाई कृत्तिम खुट्टा उपलब्ध गराईसकिएको जानकारी दिनुभयो  ।
यता चिसापानी अस्पताल बिकास समितीका अध्यक्ष ईन्द्र सापकोटाले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाट स्थित चिसापानी  अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन भएपछि विरामीहरुलाई निकै ठुलो सहयोग पुग्ने बताउदै  केन्द्रको सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो  ।



Ads