ताजा अपडेटः

प्रतापुर गाउँपालिकाले भुकम्प प्रभावितलाई रु. २ लाख २५ हजार रकम सहयाेग गर्ने:- पालिका अध्यक्ष उमेश चन्द्र यादव

प्रतापुर गाउँपालिकाले भुकम्प प्रभावितलाई रु. २ लाख २५ हजार रकम सहयाेग गर्ने:- पालिका अध्यक्ष उमेश चन्द्र यादव प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार २१:३२

कल्पना खरेल, नवलपरासी । जाजरकोटकाे भूकम्प प्रभावितलाई प्रतापुर गाउँपालिकाले रु. २ लाख २५ हजार रकम सहयाेग गर्ने घाेषणा गरेकाे छ ।
भुकम्पमा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै पीडितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि उक्त रकम सरकारलाई सहयोग वापत उपलब्ध गराईने प्रतापुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयाे ।
साथै यादवले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित भुकम्प पिडितलाई खुला हृदयले सहयाेग गर्न स्वदेश र विदेशमा रहेका नेपालीलाई आग्रह समेत गर्नुभयाे ।
यहि कात्तिक १७ गते शुक्रबार राति ११:४७ मा जाजरकोट र रूकुम पश्चिममा २०७२ पछिकाे ठूलो भुकम्प गएकाे थियाे । जसकारण ठूलाे मानवीय तथा भाैतिक क्षति समेत भएकाे छ ।



Ads