ताजा अपडेटः

हप्तामा दुई दिन सार्वजनिक विदा

कल्पना खरेल
हप्तामा दुई दिन सार्वजनिक विदा प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार १५:१९

काठमाडौ । सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ।

दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।




Ads