ताजा अपडेटः

मृतक  साेम नारायण चाैधरीकाे परिवारलाई सूर्य ज्याेती लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण 

मृतक  साेम नारायण चाैधरीकाे परिवारलाई सूर्य ज्याेती लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण  प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार २०:५७

कल्पना खरेल,नवलपरासी । मानिसको जीवन सँग सम्बन्धित जोखिमको बिरुद्ध आर्थिक रूपमा सुरक्षा प्रदान गर्न बिमा गर्ने गरिन्छ । बिमाले विमा गर्ने व्यक्ति बिमितलाई मात्र नभई नीजको परिवारलाई पनि आर्थिक सुरक्षाका प्रदान गर्ने गर्छ । जसकाे उदाहरण हाे पश्चिम नवलपरासीकाे सुनवलन ९ पंचभैया निवासी साेम नारायण चाैधरीकाे परिवारलाई  सूर्य ज्याेती लाइफ इन्स्योरेन्सले दिएकाे मृत्युु दाबी रकम ।
सूर्य ज्याेती लाइफ इन्स्योरेन्स सुनवल-४ पश्चिम नवलपरासीले  साेम नारायण चाैधरीकाे परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेकाे छ । साेम नारायणले करिब २ वर्ष अघि आफू प्रस्तावक भई छाेरा आश्विन चाैधरीकाे नाममा १८ बर्ष समय अवधी राखि ५ लाखकाे बिमा गराएका थिए ।
बिमित आश्विनकाे बुवा साेम नारायणकाे यहि भदाै १४ गते भएकाे असामयिक निधनपछि उनकाे परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी ५ लाख ५० हजार रकम भुक्तानी गरेकाे हाे । साेम नारायणले वार्षिक प्रिमियम ३३ हजार १ सय ६७  काे दरले दाेस्राे किस्ता बुझाउदा ६६ हजार ३ सय ३४ रूपैया  बुझाएका थिए ।
परिवारले उनकाे मृत्यु भएकाे खबर इन्स्योरेन्समा गराएसगै
परिवारलाई राहत स्वरूप उक्त रकम हस्तान्तरण गरिएकाे सूर्य ज्याेती लाइफ इन्स्योरेन्स सुनवल-४ काे शाखा प्रबन्धक बिन्दु भण्डरीले बताउनुभयाे । साथै उहाँले बिमित छाेरा आश्विन चाैधरी शिक्षाबाट बन्चित नहाेस् भनी बच्चाकाे उमेर १६ बर्षसम्म मासिक ५ हजारकाे दरले वार्षिक ६० हजार दिइने समेत नवलपरासी खबरलाई जानकारी दिनुभयाे ।
एजेन्सि म्यानेजर बिना गाैतम यादबकाे संचालन रहेकाे मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक बिन्दु भण्डारी,एजेन्सी म्यानेजर सिमा गिरी, डिलुमाया रिमाल, कृष्ण ब. थापा क्षेत्री, निलकण्ठ भट्टराई ,एम.डि. आर .टि मिरा शर्मा , अभिकर्ता  रिता पाैडेल शर्मा ,  ,कार्यालय स्टाफ भावना भुषाल लगाएको उपस्थिति रहेकाे थियाे ।
उक्त रकमले राहत महसुस गरेकाे भन्दै बिमा महत्त्व अहिले आएर बुझेकाे  मृतककाे आमा साेनमती थारू, बुवा राजेन्द्र थारू, श्रीमती माेतिकुमारी चाैधरीले बताउनुभएकाे छ । अनिश्चित जिवनमा  बिमा अत्यावश्यक रहेकाे उहाँहरूकाे बुझाई छ



Ads