ताजा अपडेटः

सिद्धार्थ बहुउद्देश्यीय सहकारीको बार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बहुउद्देश्यीय सहकारीको बार्षिक साधारण सभा सम्पन्न प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार १७:५१

कार्तिक १८ , नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २८ औ साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुबेले सहकारीले ब्राण्डको नाममा लगानी कर्तालाई राम्रो प्रतिफल नदिएको बताउनु भयो । उहा भन्नुहुन्छ -“लगानी गरेको ठाउँमा नाफा चाहिन्छ । समय सापेक्ष लगानी अनुसारको प्रतिफल दिनु पर्छ । बित्तिय कारोबार गर्ने सस्थाले लाभांश दिन नक्नु आर्थिक शोषण हो ।”
कतिपय सहकारीमा समस्य आएको तर्फ इकित गर्दै उहाले सहकार्य गर्ने भनेर स्थापना गरेका सहकारीहरुले सहकार्य छाडेर काठमाडौ बस्ने कर्णालीको मान्छेलाई कमिसन र अन्य लोभका लगानी गर्ने सहकारीहरु समस्यमा पर्ने उहाको भनाइ छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष यमलाल पाण्डेले बार्षीक प्रतिबेदन, सचिब रमेश पराजुलिले निति तथा कार्यक्रम प्रतिबेदन, कोषाध्यक्ष देबु भट्टराई आर्थिक प्रतिबेदन तथा अनुमानित आय व्याय प्रतिबेदन, आर्थिक बर्ष २०७९/८० को लेखा परिक्षण प्रतिबेदन,लेखा सुपरिवेक्षण समिती समिति संयोजक रमेश बरालले प्रस्तुत गरेको प्रतिबेदन सभाले अनुमोदन गरेको छ ।

गत बर्षको कुल आम्दानी ५ करोड २९ लाख ६६ हजार ६ सय ४८कमाएको सहकारीको कुल खर्च ३ करोड ७१ लाख ६२ हजार ३ सय ३९ रुपैया रहेको छ । शेयर पुजी ४ करोड ८२ लाख २८ हजार ३ सय रुपैया , जगेडा तथा अन्य कोष ५ करोड १४ लाख ७३ हजार २ सय ९३ रुपैया  जोखिम कर्जा कोषमा ९४ लाख २९ हजार १ सय ९ रुपैया, कुल निक्षेप ३२ करोड ५१ लाख ४८ हजार ३५ रुपैया रहेको छ । कुल सम्पत्तिमा ४३ करोड ६५ लाख ३७ हजार ५ सय ७२ रुपैया र ऋण लगानीमा ३५ करोड ९७ लाख १ हजार ९ सय १० रुपैया रहेको सहकारीले जनाएको छ ।
सहकारीले गत आर्थिक बर्षमा १ करोड ४१ लाख ८१ हजार ५ सय २३ रुपैया नाफा आर्जन गरेको छ । जुन गत बर्ष भन्दा ३५ दशमलव ५३ प्रतिशत नाफामा वृद्धि गरेर छ ।

कार्यक्रममा जनता सम्झौता सहकारीका अध्यक्ष डोलराज भण्डारी, लुम्बिनी सुनवल सकोसका अध्यक्ष लेखनाथ खरेल, रजत जयन्ती स्मारिका समिती संयोजक श्याम प्रसाद न्यौपाने, राष्ट्रिय सहकारी बैक बर्दघाटका शाखा प्रमुख परिक्षीत ठाकुर, पुर्व अध्यक्ष पेउ नारायण न्यौपानेलगायतले बोल्नु भएको छ । उपाध्यक्ष जयराम बस्यालको स्वागत मन्तव्य, सचिब रमेश पराजुलीको संचालन रहेको कार्यक्रममा सस्थाका अध्यक्ष यमलाल पाण्डेको अध्यक्षता रहेको छ । सभामा रजत जयन्ती स्मारिका बिमोचन समेत गरिएको छ ।



Ads