ताजा अपडेटः

हरेक जात,धर्म ,वर्ग र सम्प्रादयकाे संरक्षण र सम्बन्धन गर्छ, स्थानीय सरकार :- नगरप्रमुख विमला अर्याल

हरेक जात,धर्म ,वर्ग र सम्प्रादयकाे संरक्षण र सम्बन्धन गर्छ, स्थानीय सरकार :- नगरप्रमुख विमला अर्याल प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार १९:२४

कल्पना खरेल, नवलपरासी । असल शिक्षा ग्रहण गराै, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गराै भन्दै हिन्दु स्वयमसेवक संघ नेपालले पश्चिम नवलपरासीमा संचालन गरेकाे प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम आज बिहीबार सम्पन्न भएकाे छ । जिल्लाका सातै पालिकाबाट सय भन्दा बढी बालककाे सहभागिता रहेकाे उक्त कार्यक्रममा नगरप्रमुख विमला अर्याल, प्रमुख प्रशासकिय अधिकृत चेतन गिरी ,वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर थापा लगायतकाे मुख्य उपस्थिति रहेकाे थियाे ।
सुनवल-१०  खकरीबारीमा सप्ताहव्यापी प्रशिक्षणकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख अर्यालले यस्ताे किसिमको  प्रशिक्षण कार्यक्रमले नयाँ पुस्तामा देशकाे धर्म सस्कृंती हस्तान्तरण गर्दै ,संस्कार सहितकाे याेग्य नागरिक निर्माण गर्नेमा विश्वस्त गरेकाे धारणा राख्नुभयाे ।
नगरप्रमुख अर्यालले हाम्रो देश बहुजाती,बहुभाषिक बहुधार्मिम र बहु सांस्कृतिक विविधताले भरिएकाे भन्दै  हरेक जात,धर्म ,वर्ग र सम्प्रादयकाे धर्म, सस्कृंतिकाे संरक्षण र सम्बन्धन गर्ने दायित्व र जिम्मेवारी नगर सरकारकाे रहेकाे जिकिर गर्नुभयाे ।
त्यसैगरी उहाँले हरेक व्यक्ति अनुशासित र मर्यादित बन्न  आत्म शुद्धीकरण हुनु जरूरी रहेकाेले यस्ताे प्रकृतिको ध्यान,ज्ञान र व्यायामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुे बताउनुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत चेतन गिरीले हिन्दु संघकाे व्यानर भित्र रहेपनि  कुनैक्षेत्र, वर्ग  र समुदायलाई भन्दा पनि नगरपालिकाले सबै धर्म,संस्कृति, रितिरिवाज, परम्परालाई जगेर्ना गर्ने सन्दर्भमा सदैभ समान व्यवहार गर्नेछ भन्दै अन्नेथा नलिन सबैलाई  आग्रह गर्नुभयाे ।
साथै गिरीले याे प्रशिक्षणले पुर्खाले सिकेका कुरालाई कलिला भाईसम्म पुर्याएर पुस्तान्तरण गर्ने महत्त्वपूर्ण कामले  हाम्रो दिनचर्चा, बानी,व्यवहार आत्मअनुसासन र व्यक्तित्व विकाशमा ठुलाे फट्काे मार्नेमा विश्वास व्यक्त गर्नुभयाे ।
कात्तिक ९ गतेबाट शुरू भएकाे प्रशिक्षण बिहान ५:३० बजे उठेर शारीरिक व्यायाम , याेग , ध्यान  सूर्य नमस्कार , डन्ड , सामुहिक समता , नियूद्व , आसान,प्रवचन गर्दै  राति १० बजेसम्म ७ दिन बालकहरूलाई साथमा राखेरै अनुसार र धर्म संस्कार सम्बन्धि ज्ञान प्रदान गरिएकाे हिन्दु स्वयमसेवक संघले जानकारी दिएकाे छ । प्रशिक्षणमा  १ सय  बालकहरू,५ शिक्षक र १० जना व्यवस्थापनका लागि प्रशिक्षणभर खटाइएकाे थियाे ।



Ads