ताजा अपडेटः

रामग्राम फुटबल स्टेडियम शिलान्यास

रामग्राम फुटबल स्टेडियम शिलान्यास प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार १८:४७

सुरेश यादव,नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं ४ स्थित जितपुरमा रामग्राम फुटबल स्टेडियमकाे आज शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ । रामग्राम वडा नं ४ का वडा अध्यक्ष मदन यादवकाे अध्यक्षता तथा नगर प्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएकाे हाे । फुटबल स्टेडियमकाे कुल अनुमानित लागत ६ कराेड ९ लाख ७५ हजार ४ सय ८९ रुपैया रहेकाेमा ५ कराेड १० लाख २६ हजार २ सय १२ रुपैयामा ठेक्का सम्झौता भएकाे नगर प्रमुख यादवले बताउनुभयो ।

ब्रम्हायणी बिरुपाक्ष बिज्ञान जे भि झापाले २०८० असार ७ गते ठेक्का सम्झौता गरि आउदो वर्ष भदौ मसान्तसम्म सम्पन्न हुने गरि सम्झाैता भएकाे वडा नं ४ का अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे । ६०० फाईबर सिट क्षमता भएकाे स्टेडियममा व्यापारीक सटर , चेन्जिङ रुमकाे सुबिधा सहित अपांग मैत्री बन्ने जनाइएकाे छ ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख सम्झना चाैधरी,प्रमुख प्रशासकीय अधिकृत माेहन अर्याल,वडा नं ७ का वडा अध्यक्ष रविन्द्र यादव,१० का वडा अध्यक्ष सुरेश यादव,११ का वडा अध्यक्ष धनिराम यादव,१४ का वडा अध्यक्ष ओमप्रकाश यादव, १५ का वडा अध्यक्ष धनपत यादव र ४ का वडा सदस्य प्रभुलाल माैर्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।



Ads