ताजा अपडेटः

इटहरी उपमहानगरपालिकाद्वारा आर्थिक अवस्था कमजोर भएका १०४ जनाको निःशुल्क दाहसंस्कार

इटहरी उपमहानगरपालिकाद्वारा आर्थिक अवस्था कमजोर भएका १०४ जनाको निःशुल्क दाहसंस्कार प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार १३:२०

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको जनाको निःशुल्क दाहसंस्कार गरेको छ ।
उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकणर् पौडेलले जानकारी दिनुभयो । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आएको पनि उहाँले बताउनुभयो ।
यसअघि घरदेखि घाटसम्म शववाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीको बूढीगङ्गा-जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताउनुभयो । आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निणर्य गरिएको उहाँको भनाइ छ।
इटहरीका २० वटै वडामा कोहीकसैको ज्यान जाँदा अन्तिम संस्कारका लागि शववाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको उपमहानगरले जनाएको छ ।स्रोतःउज्यालो



Ads