ताजा अपडेटः

डिजेल र मट्टीतेलकाे भाउ लिटरमा ४ रुपैयाँले घट्याे

डिजेल र मट्टीतेलकाे भाउ लिटरमा ४ रुपैयाँले घट्याे प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार २०:५२

कल्पना खरेल, नवलपरासी । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी  लिटरमा चार रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको हाे । अब डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे निर्देशन बमोजिम “पेट्रोलियम पदार्थ तथा ग्यासकाे स्वचालित मूल्य प्रणाली कार्यविधि २०८०” हाललाई यथावत रहने समेत निगमले जनाएकाे छ । भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको दाबी छ ।



Ads